Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापना विषयक अन्तर्राष्ट्रिय

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापना विषयक अन्तर्राष्ट्रिय


काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले मस्तिष्क पक्षघातपछिको पुनस्र्थापना विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । अस्पतालले मंगलबार काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रशिक्षकसहित प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

नेदरल्यान्डका डा. हान फ्र्याङ्क र डा.पल डोबेलस्टेइजन रिसोर्स पर्सनका रूपमा रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा न्यूरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलले यो प्रशिक्षणले नेपाली फिजियोथेरापिष्टहरुलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको बताए ।

वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा र न्यूरो फिजियोथेरापी विज्ञ गोविन्दमणि नेपालको समेत उपस्थिति रहेको कार्यक्रम बुधबार सकिनेछ । मस्तिष्क पक्षघातपछिको पुनस्र्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सीईयूबराबरको क्रेडिट प्राप्त गर्नेछन् । मस्तिष्क पक्षघात भएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरी कुमको दुःखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रियाहरु अपनाउन आवश्यक छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नेछन् ।

यस प्रशिक्षणले व्यावहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पु-याउन सक्ने अपेक्षा प्रशिक्षकहरुको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया