Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१८औँ सूर्य नेपाल ज्याजमाण्डु सुरु

१८औँ सूर्य नेपाल ज्याजमाण्डु सुरु


काठमाडौं । ज्याज फेस्टिभलको १८औँ संस्करण सूर्य नेपाल ज्याजमाण्डु–२०२२ सुरु भएको छ । नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सिमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले बिहीबार अर्थात् बुधबारदेखि कात्तिक दुई गतेसम्म नेपाल ज्याजमाण्डु आयोजना हुनलागेको हो ।

कोभिड–१९ को महामारीका कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु–२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहनेछ । ज्याजमाण्डु आयोजकका अनुसार छ दिनसम्म चल्ने ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थित मालपी इन्स्टिच्युटमा कन्सर्ट/संगीत प्रतियोगिताबाट सुरु हुनेछ । ज्याजमाण्डुको बहुप्रतीक्षित ज्याज बजार अक्टोबर १५ को दिउँसो आयोजित हुनेछ, जहाँ उपस्थितहरूले गोकर्ण फरेस्ट रिसोर्टमा अविश्वसनीय संगीतको आनन्द लिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुनेछ । सन् २००२ मा पहिलो पटक आयोजना गरिएको ज्याजमाण्डु आजसम्म आउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाइ लिन सफल भएको बताइएको छ । ज्याज संगित प्रवर्द्धनको रुपमा सुरु गरिएको सूर्य नेपाल ज्याज फेष्टिभल अहिलेसम्म आइपुग्दा बहुप्रतीक्षित सांगीतिक कार्यक्रमको रुपमा स्थापित भइसकेको छ ।

धेरै मानिसहरूलाई संगीतको पहुँचमा पु-याउन सूर्य नेपाल ज्याजमाण्डुले निःशुल्क शोहरु, विद्यालयलक्षित शैक्षिक कार्यक्रमहरु तथा कार्यशालाहरूमार्फत सक्रिय रूपमा कार्य गरिरहेको छ । यसले संगीतकार, स्वयंसेवक, फ्यान, विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तर्क्रियालाई पनि प्रवर्द्धन गर्दै आएको छ । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले ज्याज संगीत प्रवर्द्धनको निमित्त ज्याजमाण्डु आयोजकहरुसँग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरुलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया