Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्रिटमेन्ट पोसिबल इन इन्डियाको एजेन्टमा सांग्रिला टुर्स नियुक्त

ट्रिटमेन्ट पोसिबल इन इन्डियाको एजेन्टमा सांग्रिला टुर्स नियुक्त


काठमाडौं । ट्रिटमेन्ट पोसिवल इन इन्डियाको लागि नेपालमा आधिकारिक एजेन्टको रूपमा सांग्रिला टुर्स प्राइभेट लिमिटेड नियुक्त भएको छ । ट्रिटमेन्ट पोसिवलले सांग्रिला टुर्समार्फत नेपाली जनतालाई उचित मूल्यमा भारतमा व्यावसायिक चिकित्सा सहायता प्राप्त गर्न मद्दत गर्ने जनाएको छ ।

ट्रिटमेन्ट पोसिवलले भारतमा उपचार गर्न चाहने नेपाली बिरामीहरूलाई उचित मूल्यमा सही चिकित्सक र अस्पतालहरूसँग जोडिएको सुनिश्चित गर्ने बताएको छ । सांग्रिला टुर्सले बिरामीका केस फाइलहरूको विवरणहरू भारत पठाउनेछन् र उपचार रणनीति, डाक्टर र अस्पतालहरूको लागि सिफारिसहरूसहित लागतहरू ट्रिटमेन्ट पोसिबलले दिनेछ, यस क्रमसम्म बिरामीलाई कुनै शुल्क नलाग्ने बताइएको छ ।

एकपटक उपचारको पाठ्यक्रममा सहमति भइसकेपछि, सांग्रिला टुर्स र ट्रिटमेन्ट पोसिबलले बिरामी र उनीहरूको परिवारसँग हवाइ यातायात र बसाइसहितको भारत भ्रमणको योजना बनाउन काम गर्नेछन् । भारतमा पुग्नेबित्तिकै ट्रिटमेन्ट पोसिबलका प्रतिनिधिहरूले बिरामीलाई आगमनमा भेट्नेछन् र उनीहरूको आवासमा स्थानान्तरण गर्ने, भारतीय सिम कार्ड उपलब्ध गराउने, अस्पतालमा डाक्टरहरूसँग भेटघाटमा साथ दिने र भर्नाको दिनमा अस्पताल लगेर सहयोग गर्नेछन् । यस्तै उपचार समाप्त भइसकेपछि ट्रिटमेन्ट पोसिबलले डाक्टरसँगको फलोअपको भ्रमणको लागि योजना र व्यवस्था गर्नेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया