Techie IT
×
गृहपृष्ठकर्पोरेटस्मार्ट सेलको अनलिमिटेड नाइट डाटा प्लान

स्मार्ट सेलको अनलिमिटेड नाइट डाटा प्लान


काठमाडौं । स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । कम्पनीका अनुसार यो डाटा प्लानअन्तर्गत मात्र १९ रुपैयाँमा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।

यो डाटा प्लानमा ग्राहकले फास्ट फोरजी नेटवर्कमार्फत सोसल मिडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ । यो योजना सुचारु गर्न स्टार १४१०० स्टार३स्टार ४ स्टार १ ह्याक्स डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया