Techie IT
×
गृहपृष्ठकर्पोरेटआईएमई पेको डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वर्ल्डकप प्याकेज

आईएमई पेको डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वर्ल्डकप प्याकेज


काठमाडौं । आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्डकप प्याकेज मात्र तीन सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नुपर्ने हुन्छ । जसमार्फत ग्राहकहरुले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य पाँच सय ६५ रुपैयाँ तिर्दा दुई सय ६५ रुपैयाँ क्यासब्याकस्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो तीन सय ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया