Techie IT
×
गृहपृष्ठकर्पोरेटराइजिङ मलमा बिजबजारको मल एक्टिभेसन

राइजिङ मलमा बिजबजारको मल एक्टिभेसन


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरेको छ । कम्पनीले डिसेम्बर २४ देखि सञ्चालन गरेको मल एक्टिभेसन जनवरी ४ सम्म रहने जनाएको छ ।

बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो । साथै यो अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई आकर्षक गिफ्टहरू समेत जित्न सक्ने छन् । योसँगै सेवाग्राहीहरूले पाँच सय रुपैयाँको छुट पनि प्राप्त गर्न सक्नेछन् । मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिनसक्ने कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै कम्पनीको वेबसाइटबाट पनि यो सेवा लिन सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया