Techie IT
×
गृहपृष्ठकर्पोरेटट्रिटनमा ‘ट्रिटन टक–सिजन १’

ट्रिटनमा ‘ट्रिटन टक–सिजन १’


काठमाडौं । काठमाडौंको तीनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजमा विद्यार्थीहरुकै सहभागितामा ‘ट्रिटन टक–सिजन १’ सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषयवस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १ कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठनपाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्ति विकासमा देखाउने उद्देश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक– सिजन १ कार्यक्रम व्यवस्थापक कमान सिंह आरसीले बताए । विभिन्न विषयवस्तु समेटी ११ वटा शीर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थिए । विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञासा राखी विज्ञमामार्फत भनाइहरु राखिएको थियो ।

विद्यालयका प्राचार्य मदन शाक्यले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाइमा प्रभावकारी हुने, यस्ता कार्यक्रममा विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्य विद्यार्थीहरुलाई हौसला मिल्ने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया