Techie IT
×
गृहपृष्ठकर्पोरेटबिलिङ एअर ईभी टेष्ट ड्राइभ

बिलिङ एअर ईभी टेष्ट ड्राइभ


काठमाडौं । ईभी नेपालले मोटर्सले बिलिङ एअर ईभी मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ । विगत लामो समयदेखि फोर ह्विलर्स बिक्रीवितरण गर्दै आएको ईभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरुलाई अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्यले काठमाडौंको हायात रिजेन्सीमा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

पिटी एसजीएमडब्लू मोटर्स इन्डोनेसियाअन्तर्गत बिलिङ एअर इलेक्ट्रिक गाडी विभिन्न मोडेल र पाँच रंगहरुमा नेपालमा उपलब्ध छन् । २००/३०० किलोमिटर माइलेज रहेको चार घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र आठ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्रीमा परेको ईभी नेपाल मोटर्स (वज्र ग्रु्प)ले डिलर सञ्जाल बढाएर अब नेपालभर नै बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ । ईभी नेपाल मोटर्सका गाडीहरु ड्राइभिङमा आत्मविश्वास बढाउनुका साथै अतिसुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया