Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट’

युनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट’


काठमाडौं । कमलादीस्थित युनिग्लोब कलेजमा आइतबारदेखि हुने समिटमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषद्का सुरेन्द्र बस्नेत, नास्टका डा. महेश अधिकारी, प्राध्यापक बिनिल अर्याल लगायत सहभागी हुनेछन् । युवाहरुलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो । यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमतिअनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुनलागेको हो ।

‘सातौँ योङ साइन्टिस्ट समिट २०२३’मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया–प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट–२०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा विभिन्न पाँचवटा विधामा वैज्ञानिकहरुले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियररिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ । सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया