काठमाडौं । महिन्द्रा फोरह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गर्ने भएको छ । कम्पनीले आगामी आइतबारदेखि शुक्रबारसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्न लागेको हो ।
यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट तथा एक्सेसरिजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष केयर फेस्ट आयोजना गर्दै आइरहेको छ । यस वर्षको केयर फेस्टमा पनि अघिल्ला वर्षहरुझैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने कम्पनीको अपेक्षा छ ।
साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै कियर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । यस्तै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याईएको छ । यो सेवा काठमाडौं, भैरहवा र इटहरीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न टोल फ्रि नम्बरहरु १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मौलिकता संरक्षणसँगै स्वरोजगार
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया