सामसङको ग्यालेक्सी एस २३ बिक्री
काठमाडौं । सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैँमा एक ठूलो सफलता भएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजभन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ । पछिल्लो समय प्रिमियम उत्पादनहरुको माग अझ बढ्दै गइरहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुनथालेका छन् । लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविष्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेको कम्पनीले उल्लेख गरेको छ । उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरु अपेक्षा गरिएभन्दा पहिले नै समाप्त गर्नुपरेको कम्पनीले जानकारी दिएको छ ।
सामसङका निर्देशक प्रणय रत्न स्थापितले अहिलेको प्रि–अर्डरको परिणामले कम्पनीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र ब्राण्डप्रति ग्राहकहरुले देखाएको बलियो विश्वास झल्किएको बताए । देशभरका डिलरहरुले एस २३ सिरिजको लन्च र सफलताको खुसियाली समेत मनाएका छन् । यस ग्यालेक्सी एस२३ सिरिजप्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरु पनि हर्षित र उत्साहित रहेको कम्पनीको भनाइ छ । नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिजअन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतिको नयाँ युगको प्रतिनिधित्व गर्दछ ।
ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ । यस्तै यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मद्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुनः प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ । ग्यालेक्सी २३ सिरिजले सामसङ मेसेज गार्डमार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पु-याएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया