होण्डाको टेक्निसियन स्किल कन्टेष्ट
काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवास्तर उत्कृष्ट बनाउने उद्देश्यका सञ्चालन गर्ने गरेको टेक्निसियन स्किल कन्टेष्ट २०२३ सम्पन्न भएको छ ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाइमा विभिन्न पाँचवटा क्षेत्रीय प्रतियोगिताबाट उत्कृष्ट भएका प्रत्येक क्षेत्रका २/२ जना छनोट भई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएका थिए । राष्ट्रियस्तरको प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । राष्ट्रिय प्रतियोगिता अगाडि काठमाडौं, विराटनगर, जनकपुुर, पोखरा र भैरहवामा क्षेत्रीय प्रतियोगिता भएको थियो । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले विगतदेखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए । कम्पनीका अनुसार प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र इटनी र तृतीय पुरस्कार नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले प्राप्त गरेका थिए । साथै अन्य सहभागीहरुले प्रमाणपत्र प्राप्त गरेका थिए । पुरस्कृत मेकानिकहरु प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने १५ हजार रुपैयाँ नगद पुरस्कार पाएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया