Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘हुन्डाईसँग नयाँ वर्ष’ योजना सार्वजनिक

‘हुन्डाईसँग नयाँ वर्ष’ योजना सार्वजनिक


काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षलाई मध्यनजर गर्दै उक्त योजना ल्याएको हो । यो योजना सोमबारदेखि सुरु भएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत, ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन् । यसका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । यस्तै ग्राहकहरुले गाडी खरिद गर्दा थप एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । यसैगरी सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, छ वर्षको फ्रि–सर्भिसिङ, निःशुल्क सडक कर भुक्तानीलगायतका सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हुण्डाईले गएको महिना मात्रै भेन्यू र निओस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया