लिला राई फाउण्डेसनद्वारा सम्मान
काठमाडौं । लिला राई फाउन्डेसन नेपालले सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरेको छ । फाउन्डेसनले मंगलबार आयोजना गरेको आफ्नो प्रथम वार्षिक साधारणसभामा सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निवर्तमान महाप्रबन्धक गोविन्द प्रसाद दाहाल, बडिगाड गाउँपालिका बाग्लुङकी अध्यक्ष गण्डकी थापा अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ढोरपाटन नगर उपप्रमुख धन बहादुर कायत, हेल्पिङ ह्याण्डका प्रमुख डाक्टर देवेन्द्र गौतमलगायत छन् । उनीहरुलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र फाउन्डेसनकी अध्यक्ष लिलादेवी राईले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पर्याप्त बजेट भएमा डेढ वर्षभित्र नेपालका सबै भागमा विद्युतीकरण गरिसकिने बताए । उनले उज्यालो प्रदेश नामक अभियान नै चलाएर विद्युतीकरणमा जोड दिएको जानकारी दिए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै सबै भूभागमा विद्युत् पु¥याउन २५ अर्ब खर्च हुने उनको भनाइ थियो । प्राधिकरणले ऋण लिएर उक्त प्रदेशमा विद्युतीकरण गरिरहेको बताए । यस्तै प्राधिकरणले आफ्नो नाफाको रकम समेत विद्युतीकरणमा खर्च गरिरहेको बताए ।
मधेश प्रदेशका सबै भूभागमा बिजुली पुगेको जानकारी दिँदै उनले गण्डकी प्रदेशमा पनि केही समयभित्रै विद्युतीकरण भइसक्ने बताए । उनले नेपालमा ५५ लाख उपभोक्ताले विद्युत् उपभोग गरिरहेकोमा २२ लाख उपभोक्ताले मासिक ३० रुपैयाँमा विद्युत् उपभोग गरिरहेको बताए । यस्तै सिँचाइको लागि प्रतियुनिट दुई रुपैयाँ, पानीको र विद्युतीय सवारीको चार्जिङको लागि प्रतियुनिट पाँच रुपैयाँ लिने गरेको पनि उनले जानकारी दिए । फाउन्डेसनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गरेको संस्थाकी अध्यक्ष लिलादेवी राईले जानकारी दिइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया