काठमाडौं । आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले स्पष्ट सुनिने हाइ डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपछि एनसेलले अब नयाँ वर्षको सुरुवातसँगै आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् ।
एनसेल भोल्टे सेवा लिने आइफोन प्रयोगकर्ताहरूले २८ दिनको लागि मान्य रहने एक सय मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् । आइफोन ८ र त्यसपछिका आइफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरूले भोल्टे सेवा लिन र एक सय मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन् । यसरी योग्य भएका ग्राहकले एस्ट्रिक्स १७२०१ ह्यास् डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्छन् ।
भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आइफोन प्रयोग गर्ने ग्राहकहरूका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यसअन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले सात दिनसम्म प्रयोग गर्नसक्ने दुई जीबी बोनस डेटा पाउँछन् । बोनस डेटा नेपालमा नै अवस्थित आइफोनको आधिकारिक बिक्रेतामार्फत आइफोन खरिद गरेका ग्राहकहरूका लागि लागू हुनेछ ।
आइफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन । अन्य ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम निःशुल्क लिन सक्छन् ।
एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया