Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क

एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क


काठमाण्डौं,चैत २१

एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबारबाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १ रुपैयाँ ५० पैसा प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहने कम्पनीले जनाएको छ । सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यसअघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ, जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन व्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् । त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ । पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् ।

जब ग्राहकले आफ्नो मेन व्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको व्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् । जब ग्राहकले आफ्नो व्यालेन्सबाट २ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ३० रुपैयाँ वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जाने कम्पनीले जनाएको छ । शुरुमा १० रुपैयाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउनेछन् ।यदि ग्राहकले २ रुपैयाँ मेन व्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउनेछन् । यसैगरी ग्राकहले ३० रुपैयाँ व्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन व्यालेन्सको एक सय रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन व्यालेन्सबाट पाइने ५२.२एमबी र बोनस १९७ एमबीसहित कुल २५० एमबी डेटा पाउनेछन् ।कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क व्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको एनसेलले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया