Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘चिया सागर’को नयाँ आउटलेट महाराजगञ्जमा

‘चिया सागर’को नयाँ आउटलेट महाराजगञ्जमा


काठमाडौं । चिया पारखीहरू गफिने नयाँ अड्डा खुलेको छ । चिया सागरले काठमाडौंको नयाँ बानेश्वरपछि महाराजगञ्जको श्रीकान्ति मार्गमा नयाँ आउटलेट विस्तार गरेको हो । चिया पारखीहरू गफिने नयाँ अड्डाको लागि केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ खर्चिएका छन् । जहाँ मनै लोभ्याउने वातावरणमा मीठो चिया पिउन पाइन्छ । गत सोमबार एक समारोहबीच कलाकार सलोन बस्नेत र मोडल याङ्सु श्रेष्ठले संयुक्तरूपमा चिया सागरको नयाँ आउटलेट उद्घाटन गरेका थिए । चिया सागरमा ५५ प्रकारका चिया पाइन्छन् । विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टी, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । निकै चर्चितचाहिँ मसला चिया छ । ‘ए वान ग्रेड’को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ । चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रूपैयाँ कपसम्मका चिया उपलब्ध छन् । चिया, कफीबाहेक यहाँ बेकरी आइटम पनि उपलब्ध छन् ।

चिया सागरका सञ्चालक केशव शर्माका अनुसार बानेश्वरमा खोलिएको चिया सागरको पहिलो पसलका ग्राहकहरूको सुझाव सल्लाह र अनुरोधमा महाराजगञ्जमा नयाँ पसल खोलिएको हो । शर्मा भन्छन्, ‘नेपालीहरूमा संस्कृतिको रूपमा विकास भइसकेको आदत र शैली ‘चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो, चिया सागर । यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने हाम्रो उद्देश्य हो ।’ यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन् । चिया सागरमा डालो उल्टो झुन्ड्याएर बत्ती बालेको देखिन्छ । भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टाँसिएको देख्न सकिन्छ । दुई सयभन्दा धेरै नाङ्लो र डोकोले चिया सागरलाई निकै नै आकर्षक बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया