Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१७ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिँदै

१७ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ८ गते अर्थात् आज आइतबार पुनः १७ अर्ब ११ करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस २ गते पनि राष्ट्र बैंकले १४ अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति पुस ११ गते बुधबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकको भनाइ छ । जसमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८० माघ ९ गते, ९१ दिन अवधिको २०८० चैत्र १३ गते र तीन सय ६४ दिन अवधिको २०८१ पुस ९ गते परिपक्व हुने अवधि तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया