Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स क्यापिटल र युनाइटेड मोदी हाइड्रोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल र युनाइटेड मोदी हाइड्रोपावरबीच सम्झौता


काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । सो दुवै कम्पनीहरूबीच हाइड्रोपावरको साविकको सेयरधनीहरूको लागि हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडमार्फत निकट भविष्यमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर साधारणसभाबाट पारिद भएपश्चात् निष्काशन हुनेछ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडअन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत् आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया