Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआठ अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री

आठ अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २९ गते मंगलबार आठ अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकबोल माध्यमद्वारा आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ बिक्री गर्न लागिएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

२०८० फागुन ३० गते निष्काशन गर्न लागिएको सो ऋणपत्र २०८८ फागुन ३० गते परिपक्व हुुनेछ । ऋणपत्र खरिद गर्नेले २०८८ फागुन ३० गते सावाँ भुक्तानी पाउनेछन् ।

ऋणपत्र खरिदका लागि फागुन २९ गते अपराह्न ३ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ८० करोड र एक अर्ब २० करोड रूपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था छ । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।


क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया