Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकासको वित्तीय साक्षरता कार्यक्रम

ज्योति विकासको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक–२०२४ अन्तर्गत वित्तीय साक्षरताका प्रदान गरेको छ । बैंकले मिति २०८० चैत्र ०५ गते देखि ११ गते सम्म (सन् २०२४, मार्च १८ देखि मार्च २४ सम्म) मनाइएको ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो ।

ग्लोबल मनी विक २०२४ को मुख्य नारा प्रोटेक्ट योर मनी सेक्युअर योर फ्युचर भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरू आयोजना गरेको हो ।

सो कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयअन्तर्गत रहेका विभिन्न शाखा कार्यालयमार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरू, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरू, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपीसम्बन्धी ज्ञानलगायतका विषयहरूलाई समावेश गरी १० वटाभन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । साथै, बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्जालहरूमा विभिन्न अडियो भिजुअल सामग्रीहरू प्रकाशित गर्ने तथा प्रभातफेरी कार्यक्रमहरू आयोजना गरी विभिन्न वित्तीय सूचनाहरू पनि प्रवाह गरेको छ ।

फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सिप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया