Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने मूल नाराका साथ गत चैत्र ५ देखि ११ सम्म सञ्चालन भएको ग्लोबल मनी विकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ ।

यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगञ्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा रबढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरीयामा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । यस कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख ३६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया