Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार२४ वर्षसम्म राणा हिमायलन बैंकको सीईओ

२४ वर्षसम्म राणा हिमायलन बैंकको सीईओ


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न नपाउने नीतिगत व्यवस्था गरे पनि राष्ट्र बैंककै संस्थापक गर्भनर स्वर्गीय हिमालय शमशेर राणाका छोरा अशोक शमशेर राणा कानुनी छिद्रलाई सदुपयोग गर्दै २४ वर्षसम्म एउटै बैंकको निरन्तर सीईओ हुने व्यक्ति बन्ने भएका छन् ।

पछिल्लो पटक उनलाई नेपाल राष्ट्र बैंकले गत आइतबार थप चार वर्षका लागि सीईओ नियुक्ति गर्न हिमालयन बैंकको निर्णयलाई अनुमोदन गरेर उनलाई २४ वर्षसम्म सीईओ बन्ने अवसर प्रदान गरेको हो । राष्ट्र बैंकको उक्त स्वीकृतिपछि राणा हिमालयन बैंकमा निरन्तर २४ वर्ष सीईओ हुने व्यक्ति बनेका छन् । उनी हिमालयन बैंकमा विगत २० वर्षदेखि सीईओ रहँदै आएका छन् । गत चैत १७ गते सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्तिको लागि सिफारिस गरेको थियो र आइतबार राष्ट्र बैंकले उक्त सिफारिसलाई अनुमोदन गरेपछि राणा २४ वर्षसम्म एउटै बैंकमा निरन्तर सीईओ बन्न लागेका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक खपतका लागिचाहिँ दुई कार्यकाल अर्थात् आठ वर्षभन्दा बढी एउटै व्यक्ति उही बैंक तथा वित्तीय संस्थामा सीईओ बन्न नपाउने नीतिगत व्यवस्था गरेर जनताको आँखामा छारो हाल्दै आएको छ । तर व्यवहारमा चाहिँ पछिल्लो पटक हिमालयन बैंकको सीईओ पदमा अशोक राणाको नियुक्ति नै मुखभरिको जवाफ बन्न पुगेको छ । हिमालयन बैंक सन् १९९३ मा पाकिस्तानको हबिब बैंक समेतको प्रमुख साझेदारीमा सञ्चालनमा आएको हो । यो बैंकमा व्यवस्थापकीय प्रमुखको रूपमा राणाकै हालीमुहाली निरन्तर चल्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया