Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफोनपे पेमेन्ट सर्भिसद्वारा डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिसद्वारा डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात


काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई फोनपे कार्ड योजनाअन्तर्गत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूले यो क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्पmत लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड परियोजनाअन्तर्गत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमतिबमोजिम फोनपे कार्ड योजना सञ्चालनमा ल्याउन लागिएको हो । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोर्डिङ र जारी हुने तथा हाल फोन पे क्युआरमा आबद्ध करिब १४ लाख व्यवसायीहरूको स्थानहरूमा निर्बादरूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

फोनपेका सीईओ दिवस कुमारले भने, ‘हामीले नेपालमा भुक्तानीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूका साथ यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।’

कुमारले अन्त्यमा भने, ‘फोनपेको तर्फबाट नेपालको आफ्नै डोमेस्टिक कार्ड योजना सुरु गर्न अनुमति प्रदान गरी आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक सुविधा उपलब्ध गराउन यस फोन पे कार्ड योजनाअन्तर्गतको नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड जारी गर्ने सिटिजन्स बैंकलाई बधाई दिन चाहन्छौं ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया