Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी ओम्नी च्यानल नेपालमा डिजिटल बैंकिङ पुनः परिभाषित गर्ने संवाहक

एनएमबी ओम्नी च्यानल नेपालमा डिजिटल बैंकिङ पुनः परिभाषित गर्ने संवाहक


काठमाडौं, भदौ २
एनएमबी बैंकले नेपालको डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न दुवै वेब र मोबाइल एप्लिकेसनमा ‘एनएमबी ओम्नि च्यानल’ प्रस्तुत गरेको छ । ‘साँच्चै डिजिटल बैंकिङ अनुभव’ मूल मन्त्रसहित ओम्नि च्यानल डिजाइन गरी बैंकिङ क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।

एनएमबी ओम्नि च्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरूबाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

केवाइसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न/बन्द गर्न, समयअगावै एफडी प्रिम्याचुअर गर्न, एफडीबापत कर्जा लिन, खाताको उद्देश्य, कारोबार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, वैवाहिक स्थिति, पेसा अपडेट गर्न, चेकबुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एकभन्दा बढी खाताहरू हेर्न, डिमाण्ड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, यूएसडी कार्ड अनुरोध गर्न, टपअप गर्न, कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेन्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टीडीएस प्रमाणपत्र प्राप्त गर्न, स्वीफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्ममार्फत प्राप्त गर्न सकिन्छ । सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दै लगिनेछ ।

ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘ईएमबी मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरू अनुसरण गर्न सक्नेछन् ।

‘एनएमबी ओम्नि च्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितताभन्दा माथि उठेर बैंकमा नधाइकनै प्रशस्त सम्भावनाहरूसहित मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्छन् ।

हामी खुशी छौँ कि यस कोभिडको परिवेशको बीचमा पनि एनएमबी ओम्नि च्यानलले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ कारोबारको निरञ्तरताको चाहना सहजै पूरा गराउँदै छ । ‘एनएमबी ओम्निच्यानल एक सुरुदेखि अन्त्यसम्मको प्रक्रिया हो जसले सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ सुनिश्चित गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालू बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया