नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर कोड सेवा

काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआर कोडमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य मंगलबारबाट सुरु गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरेका हुुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ, बैंकका कर्मचारीहरू, यातायात व्यवसायी तथा ग्राहकवर्गहरूको उपस्थिति रहेको थियो ।
नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरूले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटलरूपमा भाडाबापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ति पाइने, नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया