Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअभियान लघुवित्तको नाफा १० लाख ३७ हजार रुपैयाँले ऋणात्मक

अभियान लघुवित्तको नाफा १० लाख ३७ हजार रुपैयाँले ऋणात्मक


काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० लाख ३७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १६ लाख ७८ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा नौ करोड २२ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड ९६ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक करोड ७४ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८९ लाख ७२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ३२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २२ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई करोड ४५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा २७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई लाख ४५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया