Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्पर्श लघुवित्तको दोस्रो त्रैमासिक नाफामा सामान्य गिरावट

स्पर्श लघुवित्तको दोस्रो त्रैमासिक नाफामा सामान्य गिरावट


काठमाडौं ।
स्पर्श लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ३२ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अविधमा संस्थाको यस्तो नाफा एक करोड ३७ लाख तीन हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ११ करोड २० लाख २९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २६ करोड ५५ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड ४४ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड १४ लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड एक लाख ७० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २१ करोड ४० लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ६८ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड २५ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६१ लाख तीन हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया