Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ । बैंकका कार्णधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेयपदार्थमा १४ प्रतिशत छुट दिने विषयमा दुवै संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतासम्बन्धी एमओयुमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए । एभरेष्ट बैंक, पञ्जाब नेसनल बैंकसँग संयुक्त उद्यम हाल लाखौँ ग्राहक आधार छ, जुन उद्योगमा उच्चतममध्ये एक हो । हाल बैंकले आफ्ना एक सय १३ वटा शाखा, ३१ राजस्व संकलन काउन्टर, एक सय ४६ वटा एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रियस्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया