नबिल बैंक आईजे ग्लोबल म्यागाजिनको शीर्ष २० बैंकको सूचीमा सूचीकृत
काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आईजे ग्लोबल म्यागाजिन पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्लुसिभ लिग तालिकामा सूचीकृत भएको छ ।
आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । आईजे ग्लोबल म्यागाजिन तथ्यांकले ३२ हजारभन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र दुई हजार एक सय कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानुन फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।
यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरू प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४औँ स्थानमा छ, जुन ग्लोबल सिस्टमेटीकल्ली इम्र्पोरटेन्ट बैंकको शीर्ष १०औँ स्थानमा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत एक सय ५० वटा शाखा, एक सय ८७ वटा एटीएम र एक सय ७० वटाभन्दा बढी बैंकिङ साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ । नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेसन व्यवस्थामा अगाडि छ । निर्माणमा आधारित उद्योगहरू जस्तैः सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिई चलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत मागको आपूर्ति गर्दै आएको छ ।
जलविद्युत् क्षेत्रमा एक हजार आठ सय मेगावाटसम्मको आन्तरिक जलविद्युत् उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ । त्यसैगरी नबिल बैंक निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिन्डिकेसन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया