सन नेपाल लाइफको ‘अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम’
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाटअन्तर्गत अभिकर्ताहरूलाई चितवनको सौराहामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो । जनमानसमा बीमाको महत्व, बीमा दाबी भुक्तानीलगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो भने उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने तयारी गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया