Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट

मेगा बैंकको मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट


काठमाडौं, फागुन ७
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो ।

बैंकका अनुुसार न्यूनतम एक हजार रूपैयाँ बचत हुनुपर्ने यस खातामा छ दशमलव पाँच प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रूपैयाँसम्मको मेडिकल बीमा गरिएको छ भने सात लाख रूपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क पमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरू समेटिएका छन् ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधायुक्त भएका कारण ग्राहकहरूले यस बचत योजनालाई अत्याधिक मनपराइदिने मेगा बैंकको विश्वास छ । ‘बैंक अफ दि एयर २०१९’ बाट पुरस्कृत भएको मेगाले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरू प्रदान गर्दै आएको छ । मेगाको देशभरका एक सय ११ वटै शाखाबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया