Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच सम्झौता

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच सम्झौता


काठमाडौैं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आइतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवाविकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङ) हरि प्रसाद म्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण गाहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया