Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोशीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

कोशीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर


काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोशी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ् । मोरङको बेलबारी–९ डाँगीहाटमा बैंकले शुक्रबारदेखि एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्तरूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । उद्घाटन गर्दै मेयर राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुनेभएकाले त्यहाँका बासिन्दाहरूलाई सहज हुने बताएका छन् ।

कार्यक्रममा बेलबारी नगरपालिका–९ का वडाध्यक्ष शालिग्राम बस्नेतको पनि उपस्थिति थियो । हाल बैंकले दुई सय ९६ वटा शाखा कार्यालय र ५१ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया