Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ७९ विन्दुमा

बजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ७९ विन्दुमा


काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ७९ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५३ दशमलव शून्य तीन विन्दुुमा सीमित हुनपुगेको छ ।

यससाता धितोपत्र बजारमा दुुई सय ६९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक करोड ५० लाख ६२ हजार एक सय ४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही कारोबारका आधारमा यससाता कुल कारोबार रकम चार अर्ब ७८ करोड १६ लाख ४५ हजार ९४ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताकाकै हाराहारीमा हो ।

यससाता नेप्सेको नियमित कारोबारकक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्र्र्रो र पाँचौँ दिन ओरालो लागेको बजार परिसूचक तेस्रो र चौथो दिन भने उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक २० अंकले ओरालो लागेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि तीन दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ७५ विन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ६७ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य पाँच अंकले ओरालो लागेर तीन सय ५२ दशमलव ७१ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव दुई अंकले उकालो लागेर एक हजार आठ सय ६६ दशमलव छ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव सात अंकले ओरालो लागेर तीन सय ५१ दशमलव शून्य नौ विन्दुमा झरेको थियो ।

चौथो कारोबार दिन पनि बजार परिसूचक आठ दशमलव तीन अंकले उकालो लागेर एक हजार आठ सय ७५ दशमलव शून्य सात विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर तीन सय ५३ दशमलव ९५ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक आठ दशमलव दुई अंकले ओरालो लागेर एक हजार आठ सय ६६ दशमलव नौ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव नौ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव शून्य तीन विन्दुमा झरेको थियो ।

यससाता बढी रकम कारोवार गर्ने कम्पनीहरूको सूचीमा एनआईसी एसिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया