महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव
काठमाडौं,महालक्ष्मी विकास बैंकले २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आइतबार २९ औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा बैंकले आफ्ना एक सय तीनवटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गर्नुका साथै २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरूको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, सम्पूर्ण शाखा कार्यालयहरूमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३, शृङ्खला २ लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गरी २९ औं वार्षिकोत्सव मनाएको हो ।
बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेठ पाँच गते शुक्रबार बिहान ११ः३० देखि दिउँसो तीन बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ । त्यस्तै, शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरूका (आठ वटा) विभिन्न स्थानहरूमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरूको सहभागितामा जेठ छ गते शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा बैंकिङ्ग सेवाहरूः जस्तै मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो शृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३, शृङखला २) १६ टिमको सहभागितामा बैैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखामार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषामा बंैकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया