Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकहीँ नभएको जात्रा

कहीँ नभएको जात्रा


‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने नेपाली उखान नै छ । त्यो उखान त्यतिकै नेपालीको जनजिब्रोमा झुुण्डिएको होइन । कहीँ पनि नहुने जात्रा हाँडीगाउँमा मात्र हुुने भएकाले त्यसले उखानको रूपमा प्रसिद्धि कमाएको हो । तर अहिले हाँडीगाउँमा हुुने त्यो जात्रालाई सिंहदरबारमा हुुने जात्राले उछिनिसकेको छ । सिंहदरबारमा हुुने जात्राका अगाडि हाँडीगाउँमा हुुने जात्रा ओझेल परिसकेको छ । तर पनि उखानचाहिँ हाँडीगाउँकै चल्नेगरेको छ । त्यसमा पनि आफ्ना भाषण सम्बोधन र बोलीचालीमा नेपाली उखान टुक्का मिसाएर श्रोतालाई भरपुररूपमा निःशुल्क मनोरञ्जन प्रदान गर्न खप्पिस नेता केपी ओली प्रधानमन्त्री भएर सिंहदरबारमा रहनुभएको बेला हाँडीगाउँको उखान सिंहदरबारमा चरितार्थ हुुनुुलाई एउटा संयोग नै मान्नुु पर्छ ।

कोराना माहामारीले जनता पीडित छन् । सरकारले नागरिकहरूको पीसीआर परीक्षण गर्न सकेको छैन । भारतबाट फर्किएका नेपालीहरूको लागि उचित क्वारेन्टाइन, पीसीआर परीक्षण र सहज उद्धारको व्यवस्थाको मिलाउन सकिरहेको छैन । सरकारले यही व्यवस्थापन मिलाउन नसक्दा जनतामा सरकारप्रति आक्रोश र निराशामिश्रित घृणा छाएको छ । त्यसमा पनि तेस्रो मुुलुकबाट वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूको पीडा बेग्लै छ । उनीहरूले विगतमा जसरी यो वाद र त्यो वादको पक्ष र विपक्षमा मुुर्दावाद र जिन्दावादको नारा लगाएर सडकमा तमासा देखाए पनि अहिलेको विपत्मा चाहिँ सरकार भएको अनुुभूति मात्र होइन आफू नेपाली भएको गर्व गर्ने मौका समेत पाएका छैनन् ।

सरकार हरेक क्रियाकलाप र निर्णयले सत्ताको आसपास रहेर लाभ लुुट्नेहरूबाहेक कसैले पनि राहतको अनुुभव गर्न पाएका छैनन् । सरकारले उद्धार, उपचार र राहत दिन इमानदार प्रयास मात्रै गरेर पनि काम गर्न नसकेको भए जनताको चित्त बुुझाउन सक्ने ठाउँ हुुनेथियो । तर सरकारले इमानदार प्रयास नै गरेन । जनतालाई आफ्नो सरकारसँग साधनस्रोतको कमी रहेको यथेष्ट ज्ञान छ तर सरकारले जनतालाई त्यो विवशता बुुझ्ने मौका पनि दिएन । मानव सभ्यताको अदृश्य दुस्मनको रूपमा आएको कोभिड १९ को त्यो त्रासदीपूर्ण अवस्थामा जनतलाई कसरी जोगाउने भन्ने विषयमा अलिकाति पनि चिन्तित नहुुनुु सारै दुःखको विषय हो । सरकारको अहिलेको दायित्व जनतालाई रोग र भोकबाट जोगाउनुु हो । त्यसपछि मात्र विकास निर्माण र पर्यावरण जोगाउने कुरा आउँछन् ।

मानिस बाँचे मात्र अर्थतन्त्र उद्योगधन्दा चाहिने हो । यतिबेला जनतालाई उचित ढङ्गले उद्धार, उपचार र राहत प्रदान गर्नुुपर्ने थियो । तर सरकार यसबाट लगभग विमुुख बन्दै गएको छ र नेकपाको आन्तरिक विवादको दलदलमा फसेको छ । केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने र असन्तुुष्ट पक्षलाई ठेगान लगाउने दुुई पक्षमा विभाजित सत्तारुढ नेकपाको बैठक प्रधानमन्त्री निवासमा त बस्न आएकै थियो । तर यही असार २५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा समेत नेकपाको विवाद मिलाउन तीन घण्टा बैठक पनि बस्यो । पार्टीको विवाद मिलाउन यसरी मन्त्रालयमा नै बैठक बसेको इतिहासमा नै यो पहिलो घटना हो ।
अहिलेको कोरोना महामारीबीच परनिर्भरता हटाउन कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले नेपालमा कृषि क्रान्तिको थालनी गर्नुुपर्ने थियो । मन्त्री घनश्याम भुुसालका सुरुका भाषणमा जनता आकर्षित भएका पनि थिए । तर मौका आउँदा उनको हैसियत देखियो । उनको कृषि क्रान्तिको भाषण त वामपन्थी गफबाहेक केही रहेनछ । खेतीपातीको मध्य सिजनमा मलबीउको चरम अभाव रहेको छ । तर मन्त्रीचाहिँ मन्त्रालयमा पार्टीको भेला र बैठक गरेर दिन कटाइरहेका छन् । यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो ।

यस्ता घटना सिंहदरभित्र दिनदिनै हुुनेगरेका छन् र यो हाँडीगाउँबाट सिंहदरबारमा सरेको उखानको नयाँ रूप पनि हो । अहिले कहीँ नभएको जात्रा यही सिंहदरबारमा हुन थालेको छ । हाँडीगाउँलाई माथ गरेको छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा देखाइन्थ्यो, त्यही उखान बन्यो र त्यसलाई चरितार्थ गर्दै यसरी कहीँ नभएको जात्रा सिंहदरबारका मन्त्रालयभित्र देखाउने परम्परा बसाल्नुु भएन । यसलाई रोक्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया