Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयछिमेकमा सातै दिनमा सरकार, यता कहिले ?

छिमेकमा सातै दिनमा सरकार, यता कहिले ?


काठमाडौं । आमनिर्वाचन २०७९ मंसिर ४ मा एकै चरणमा सम्पन्न भयो तर यो महिना बित्न लाग्दा पनि सरकार भने कहिले बन्ला भन्ने अझै अनुमान गर्न सकिने अवस्थामा छैन । अघिल्लो हप्ता अर्थात् मंसिर २२ मा छिमेकी देश भारतमा दुईवटा प्रदेशका निर्वाचन सम्पन्न भए । डिसेम्बर १–५ को कुरा हो यो । नेपालभन्दा झण्डै १५ दिनपछि मात्रै सम्पन्न निर्वाचनबाट ती दुवै प्रान्तमा सरकार बनेर काम थालिसकियो । यस्तो सरकार बनेको पनि हप्ताभन्दा बढी भइसक्यो तर यता नेपालमा भने यो बेला आयोगले निर्वाचनको प्रतिवेदन समेत दिएको थिएन । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक सय १० र प्रदेशसभातर्फ दुई सय २० सांसद निर्वाचित भएपछि मात्रै आयोगले प्रतिवेदन दिनेछ । पहिले आयोगले दुई हप्ताभित्र सबै परिणाम दिइसक्ने भनेको थियो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक सय ६५ र प्रदेशसभा प्रत्यक्षतर्फ तीन सय ३० क्षेत्रको नतिजा भने पहिले नै आइसकेको छ । नयाँ निर्वाचन सम्पन्न भएपछिको पहिलो काम हो, सरकार गठन हुनु । यो काम ढिलो भयो भने अनेक विकृतिहरू जन्मिन्छन् । त्यसको एउटा उदाहरण हो, अपराधलाई माफी दिने अहिलेको अध्यादेश ।

आयोगका अनुसार दलहरूले पठाएका उम्मेदवार निर्वाचित भएको घोषणा गरेर प्रमाणपत्र दिएपछि आयोगले मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने प्रक्रिया हुन्छ । आयोगले प्रतिवेदन बुझाउन नै मंसिर मसान्त पर्खन प¥यो । त्यसका लागि नै निर्वाचन सम्पन्न भएको करिब चार हप्ता लाग्यो । राष्ट्रपतिलाई अन्तिम मतपरिणाम प्रतिवेदन बुझाएपछि र राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेको केही दिनपछि मात्रै सरकार गठनको प्रक्रिया सुरू हुन्छ । राष्ट्रपतिले नयाँ सरकार गठनका आह्वान र सोअनुासर दलहरले गर्ने दाबी आदि सरकार गठनका कुरा हुन् । अघिल्लो पटक निर्वाचन सकिएको ७० दिनपछि सरकार गठन भएको थियो । यो निर्वाचनमा सत्तागठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस सबैभन्दा ठूलो भएको छ । ऊसँग ८९, दोस्रो नेकपा एमालेसँग ७८, तेस्रो नेकपा माओवादीसँग ३२, नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपामा १४, जसपामा १२, नेकपा एकीकृत समाजवादीमा १०, जनमत पार्टीमा छ, लोसपामा चार, स्वतन्त्र पाँच, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा एक, नेमकिपासँग एक जना र पाँचजना स्वतन्त्रको संसद्मा उपस्थिति छ ।

नेपालभन्दा पछि चुनाव सुरु गरेर नेपालभन्दा अघि नै छिमेकी देश भारतका दुईवटा प्रान्तमा सरकार बनेर काम गरिहेका छन् । भारतीय राज्य गुजरातमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले फेरि बहुमत ल्याएर सरकार बनाएको हो यो प्रान्तमा यही डिसेम्बर १ र ५ गरी दुई चरणमा विधानसभाको चुनाव सम्पन्न भएको थियो । चुनाव सम्पन्न भएको तेस्रो दिनमा नै सबै परिणाम आयो र सरकार पनि निर्माण भयो । भारतको यो प्रान्त जनसंख्याको हिसाबले नेपालभन्दा ठूलो छ । गुजरातको विधानसभा नै एक सय ८२ सदस्यीय छ । अर्को प्रदेश हिमाञ्चल योभन्दा केही सानो हो । यसमा पनि हप्तादिनका बीचमा चुनाव भएर परिणाम आएर सरकार गठन भयो ।

प्रश्न उठ्छ नेपालमा भने किन चुनाव सम्पन्न भएर पनि नयाँ सरकार गठन हुन डेढ÷दुई महिना लाग्छ ? यसको उत्तर खोज्नुपर्ने भएको छ । सरकार जति लामो समय कामचलाउमा रहिरहन्छ त्यसले विकृति मात्रै थुपार्छ । आयोगदेखिका सरोकारवाला सबैले ध्यान दिऔँ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x