Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररसियन केन्द्रीय बैंकले बढायो ब्याजदर

रसियन केन्द्रीय बैंकले बढायो ब्याजदर


अरसिया । रसियाको केन्द्रीय बैंकले अपेक्षा गरिएभन्दा बढी बैंक दर बढाएर आठ दशमलव पाँच प्रतिशत पु-याएको छ । केन्द्रीय बैंकले शुक्रबार आफ्नो प्रमुख ब्याजदरलाई अपेक्षित एक सय आधार विन्दुले बढाएर साढे आठ प्रतिशतमा पु=याएको हो । रुसी मुद्रा रुबल कमजोर हुँदै गएको र अधिक मागबाट मुद्रास्फीतिको दबाब थपिएकाले त्यसको नियन्त्रणका लागि ब्याजदर बढाइएकोे केन्द्रीय बैंकले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि गरिएको आपतकालीन वृद्धिलाई उल्टाएर २० प्रतिशतमा पु-याएपछि केन्द्रीय बैंकले एक वर्षयता ब्याजदर बढाएको थिएन । अहिले रुसमा मुद्रास्फीति समर्थक अन्य सूचकहरु बढेका छन् । घरेलु मागमा भएकोे वृद्धिले श्रम स्रोतलाई सीमित बनाइदिएको छ भने उत्पादन बढ्न सकेको छैन । यो वर्ष रुबलको क्रयशक्तिमा आएको गिरावटले महँगीको सम्भावना बढेको छ ।

केन्द्रीय बैंकले मुद्रास्फीतिको प्रक्षेपण चार दशलमव पाँचदेखि छ दशमलव पाँच प्रतिशतबाट बढाएर पाँच प्रतिशतदेखि छ दशमलव पाँच प्रतिशतसम्म तय गरेको छ । यो प्रक्षेपण भविश्यमा झनै बढेर जानसक्ने जोखिम रहेको पनि भनेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया