Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतद्वारा चिनियाँ लगानी अस्वीकार

भारतद्वारा चिनियाँ लगानी अस्वीकार


भारत । चिनियाँ विद्युतीय गाडी बनाउने कम्पनी बीवाईडी मोटर्सले भारतमा कारखाना खोल्न गरेको प्रस्तावलाई भारतले अस्वीकार गरेको छ । बीवाईडीले भारतको हैदराबादको मेघा इन्जिजनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेडसँगको साझेदारीमा एक अर्ब डलरको कारखाना स्थापना गर्ने प्रस्ताव गरेको थियो ।

बीवाईडीले भारतको उद्योग तथा आन्तरिक व्यापार संवर्द्धन विभागमा कारखाना खोल्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई भारतीय सरकारले अस्वीकार गरेपछि चिनियाँ कम्पनीले भारतमा आफ्नो कारखाना खोल्न नपाउने भएको छ ।

विभागले भारतीय अन्य निकायसँग समन्वय गरी कारखाना खोल्न नदिने निर्णय गरेको हो । अन्य निकायहरुले सुरक्षाको विषयलाई लिएर कारखाना खोल्न नदिने सुझाव दिएका थिए । बीवाईडीले भारतमा विद्युतीय एसयूभी अटो थ्री र विद्युतीय सेडान एसिक्स बिक्रीवितरण गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया