Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्विटरको लोगो परिवर्तन गर्ने एलोन मस्कको तयारी

ट्विटरको लोगो परिवर्तन गर्ने एलोन मस्कको तयारी


अमेरिका । ट्विटरका मालिक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गर्ने संकेत गरेका छन् । मस्कले आइतबार ट्विट गर्दै भनेका छन् ‘हामीले चाँडै ट्विटर ब्रान्ड र विस्तारै सबै चराहरुलाई अलबिदा गर्नुपछ ।’

मस्कले अर्को ट्विटमा यदि आज राति लोगो परिवर्तन भयो भने भोलि विश्वव्यापीरुपमा लाइभ हुने बताएका छन् । उनले भनेका छन, ‘यदि आज राति ‘एक्स’का लागि उत्कृष्ट लोगो पोस्ट भयो भने हामी भोलि विश्वव्यापीरुपमा लाइभ गर्नेछौँ ।’

मस्काले अर्को ट्विटमा एक्सको छोटो भिडियो क्लिप पनि पोस्ट गरेका छन् । उनले ट्विटरलाई सबै काम गर्न सकिने एपका रुपमा विकास गर्न खोजेका छन् । उनले ट्विटरलाई एक्स नाम दिन खोजेको देखिन्छ । मस्कले ट्विटर किनेपछि धेरै कुराहरुमा फेरबदल गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया