जर्मनीले गाँजाखेतीलाई वैधानिक बनाउने
जर्मनी । जर्मनीले गाँजाखेतीलाई वैधानिकता दिने तयारी गरेको छ । सरकारले निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई अनुमोदन गरेको छ । मस्योदामा कडा आलोचना भए पनि जर्मनीले वैधानिक बनाउने तयारी गरेको हो ।
एक जनाले तीनवटा गाँजाका बिरुवा लगाउन पाउने गरी कानुनका मस्यौदा निर्माण गरिएको बताइएको छ । यस्तै सामाजिक क्लबहरूबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतम ५० ग्राम किन्न पाइने प्रावधान लागू गरिएको छ । गाँजाको प्रयोग गर्ने खालका क्लबको संख्या एक सय नाघिसकेको बताइएको छ ।
यो मस्यौदालाई संसद्ले अनुमोदन गर्ने विश्वास गाँजा सेवन गर्नेहरूले गरेका छन् । यही कारण गँजेडीका ‘क्यानाबिस सोसल क्लब’ धमाधम खुलेका छन् । यस्ता क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान राखिएको बताइएको छ ।
गाँजालाई वैधानिकता दिने सरकारी योजनाको चिकित्सक तथा कानुन कार्यान्वयन निकायका अधिकारीले विरोध गरेका छन् । विपक्षी दलका नेताले प्रस्तावको खुलेर निन्दा गरेका छन् । लागुऔषध दुरूपयोगलाई प्रोत्साहन गर्ने प्रस्तावित विधेयक देशका निम्ति अनुपयुक्त भएको उनीहरूको तर्क छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया