गोल्डेनगेट घोषणा जारी गर्दै एपेक आर्थिक नेताहरूको बैठक सम्पन्न
अमेरिका । सबैका लागि लचिलो र दिगो भविष्य सिर्जना गर्नेबारे गोल्डेन गेट घोषणा गर्दै सान फ्रान्सिस्कोमा आयोजित ३०औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकले एपेक क्षेत्रमा रहेको प्रचुर सम्भावना र गतिशीलतालाई जारी राख्न, आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न र जलवायु परिवर्तनलगायत सबै वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न प्राविधिक र आर्थिक प्रगतिको उपयोग गर्नुपर्ने निष्कर्षसहित घोषणापत्र पारित गरेको छ ।
नेताहरूले दिगोपन, जलवायु, न्यायोचित ऊर्जा सङ्क्रमण, अन्तरसम्बन्ध र समावेशी तथा लचिलो अर्थतन्त्रको निर्माणलगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए । सो अवसरमा नेताहरूले स्वतन्त्र, खुला, निष्पक्ष, गैरभेदभावपूर्ण, पारदर्शी, समावेशी र पूर्वानुमानयोग्य व्यापार र लगानी प्रवद्र्धनको उपयुक्त वातावरण निर्माण गर्ने आफ्नो संकल्पलाई पुनः पुष्टि गरेका छन् ।
सहभागी नेताहरूले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको महत्वलाई आत्मसात् गर्दै बहुपक्षीय व्यापार प्रणालीको महत्वलाई पुनः पुष्टि गरेका छन् । विश्व व्यापार संगठन यसको केन्द्रमा छ जसले एपेक क्षेत्रको असाधारण वृद्धिलाई उत्प्रेरित गर्न जारी राख्ने विश्वास व्यक्त गरिएको छ ।
एपेक अर्थव्यवस्थाहरू उच्च गुणस्तर तथा व्यापक क्षेत्रीय उपक्रमहरूमा जोडिनका लागि अर्थतन्त्रको प्रवद्र्धनमा आफ्नो क्षमता निर्माण र प्राविधिक सहयोग विकास एवं विस्तारका विभिन्न प्रयासहरू बढाउन प्रतिबद्ध रहेको घोषणापत्रमा जनाइएको छ । घोषणापत्रमा जलवायु परिवर्तनको प्रभावबाट उत्पन्न चुनौतीहरूको सामना गर्नुपरेको विषय पनि उल्लेख छ ।
यस क्षेत्रको अर्थतन्त्रले आफ्नो स्वच्छ, दिगो, न्यायोचित, किफायती र समावेशी ऊर्जा संक्रमणलाई विभिन्न बाटोमार्फत गति दिन थप गहन प्रयासहरू जारी राख्न आवश्यक रहेको पनि सहभागी नेताहरूले स्वीकार गरेका छन् ।
विश्वव्यापी शून्य हरितगृह ग्यास उत्सर्जन तथा कार्बन तटस्थतासँग सुसंगत मध्य शताब्दीभित्रै वा यसको आसपास नवीनतम वैज्ञानिक विकास र विभिन्न घरेलु परिस्थितिहरूलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता औँल्याइएको छ ।
एपेक अर्थतन्त्रले कम र शून्य कार्बन उत्सर्जन हुने सवारीसाधनहरूतर्फ संक्रमणलाई गति दिने बाचा गर्छन्, दिगो उड्डयन इन्धन र कम र शून्य उत्सर्जन सामुद्रिक ढुवानी मा जोड दिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसैगरी नेताहरूले व्यवसाय तथा उपभोक्ताहरूका लागि सक्षम, समावेशी, खुला, निष्पक्ष र गैरभेदभावरहित डिजिटल इकोसिस्टम सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहो¥याएका छन् । बिहीबार र शुक्रबार डाउनटाउन सान फ्रान्सिस्कोको मोस्कोन सेन्टरमा आयोजित बैठकमा नेताहरूले राजनीतिक र व्यापारिक विषयमा विशेष ध्यान केन्द्रित गरेका थिए ।
संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा एपेकको आयोजकको रूपमा पेरुलाई एपेक आयोजक वर्षको जिम्मेवारी प्रदान गर्दै छ ।
यस वर्ष सन् १९९३ मा आयोजना भएको पहिलो नेताहरूको बैठकको ३०औँ वार्षिकोत्सव हो । सम्मेलन आयोजक अमेरिकाले एपेक बैठक संयन्त्रलाई मन्त्री स्तरबाट अनौपचारिक नेताहरूको बैठकको स्तरमा स्तरोन्नति गरेको थियो । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया