Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी अर्थतन्त्र मन्दीतर्फ, उत्पादन कमजोर

अमेरिकी अर्थतन्त्र मन्दीतर्फ, उत्पादन कमजोर


वासिङ्टन । नोभेम्बर महिनामा अमेरिकी उत्पादन सुस्त देखिएको छ । उद्योग, कलकारखानामा रोजगारीमा आएको गिरावट उत्पादन प्रभावित भएको र अर्थतन्त्रमा गम्भीर धक्का लागेको एक सर्वेक्षणले देखाएको छ ।

इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम)ले गरेको सर्वेक्षणले उपभोक्ता खर्च र अक्टोबरमा घटेको मुद्रास्फीतिमा मध्यम वृद्धि देखाएको छ । शुक्रबार सार्वजनिक भएको उक्त प्रतिवेदनले उच्च ब्याजदरका कारण माग कम हुँदा आर्थिक गतिविधि खुमिचएको छ । तथापि, अधिकांश अर्थशास्त्रीहरूले आगामी वर्ष मन्दी कम भएर जाने बताएका छन् । केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धिमा लिएको नरमपनले आर्थिक गतिविधि थप खुम्चिने सम्भावना कम रहने अर्थशास्त्रीहरुले विश्लेषण गरेका छन् ।

न्यूयोर्कको एफएचएन क्यापिटलका म्याक्रो रणनीतिका विल कम्पर्नोलले चौथो त्रैमासिक रिपोर्टमा अर्थतन्त्रका सर्वेक्षणहरु सुदृढ भएर आउने विश्वास व्यक्त गरेका छन् ।

आईएसएमले पर्जेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ५० भन्दा तल रहेको १३औँ महिना भएको उल्लेख गरेको छ । नोभेम्बरमा पीएमआई ४६ दशमलव सातमा थियो । यसले उत्पादन संकुचनलाई संकेत गर्छ ।

केही अर्थशास्त्रीहरूले अक्टोबरको अन्त्यमा समाप्त भएको युनाइटेड अटो वक्र्स हड्तालले पीएमआईमा प्रभाव पार्ने बताएका छन् । वास्तवमा, बनावटी धातु उत्पादनहरूका निर्माताहरूले बिक्री अझै पनि विरोधबाट प्रभावित भएको रिपोर्ट गरेका छन् । खाद्यान्न, पेय पदार्थ र सुर्तीजन्य पदार्थका उत्पादकहरूले कार्यकारीहरुले सूचीको स्तर धेरै तल ल्याउन अनुरोध गरेको रिपोर्ट गरेका छन्, जसले अभाव सिर्जना गर्ने दाबी छ ।

निर्माण फर्महरूले भने ग्राहक अर्डरहरू २०२४ का लागि धकेलिएको रिपोर्ट गरेका छन् । यसले गर्दा यस वर्षको अन्त्यमा मौज्दात बढ्दै गएको बताएका छन् ।

अर्थतन्त्रका अन्य सबै क्षेत्र दबाबमा रहँदा अमेरिकी सेयरबजारमा भने उच्च विन्दुमा छ । मुद्राको बास्केटको तुलनामा डलरको भाउ घटेको छ । अमेरिकी ट्रेजरी मूल्य बढेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया