Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाद्वारा हरित जलवायु कोषमा तीन अर्ब डलर सहयोग

अमेरिकाद्वारा हरित जलवायु कोषमा तीन अर्ब डलर सहयोग


दबई । उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्र संघको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भने, ‘आज, हामी काममार्फत विश्वले यस सफ्टको सामना कसरी गर्नसक्छ र गर्नुपर्छ भनेर प्रदर्शन गरिरहेका छौँ ।’

अमेरिकी कंग्र्रेसले अनुमोदन गर्नुपर्ने नयाँ रकम सन् २०१० मा स्थापना भएको हरित जलवायु कोष (जीसीएफ)मा जानेछ । सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा विकासशील मुलुकका लागि उक्त कोषमा अमेरिकाले अन्तिम पटक तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

विश्वको सबैभन्दा ठूलो जलवायु कोषले पाकिस्तानमा सौर्य प्यानल वा हाइटीमा बाढी व्यवस्थापन गरेजस्तै विकासोन्मुख देशहरूमा अनुकूलन र न्यूनीकरण परियोजनाहरूको लागि अनुदान र ऋण प्रदान गर्दछ ।

अमेरिकाले सहयोग घोषणा गर्नुअघि जीसीएफमा १३ अर्ब ५० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाइएको थियो ।

धनी राष्ट्रहरूले जलवायु परिवर्तनको सामना गर्न विकासशील राष्ट्रहरूलाई सहयोग गर्ने वित्तीय प्रतिबद्धताहरू पूरा गर्न असफल हुनुले जलवायु परिवर्तनसम्बन्धी वार्तामा तनाव र अविश्वासलाई बढाएको छ ।

जलवायु परिवर्तनका लागि कम जिम्मेवार विकासशील देशहरूले चरम मौसमको बढ्दो क्रूर र महँगो परिणामहरूको अनुकूलन गर्न र स्वच्छ ऊर्जा स्रोतहरूमा उनीहरूको सङ्क्रमणको लागि धनी प्रदूषक राष्ट्रहरूबाट समर्थन खोजिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया