Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार बेरोजगार

अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार बेरोजगार


न्युयोर्क, जेठ ९
अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले बेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोभिड–१९ को संक्रमणको प्रभाव देखिएसँगै बेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ । सरकारी तथ्यांकअनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा बेरोजगार हुनेको संख्या तीन करोड ८६ व्यक्ति बेरोजगार बनेका छन् । श्रम विभागको तथ्यांक अनुसार मे १६ सम्ममा बेरोजगार भत्ताका लागि नयाँ दाबीसहितका आवेदनको संख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ । इद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन । बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा बेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया