Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोराना संकटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

कोराना संकटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन


सिडनी, जेठ १३
कोरोना संकटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ ।

विश्वमै पहिलो पटक गरिएको यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् । अनुसन्धानको नेतृत्व गरेकी जकिन्ता ब्रिन्स्लीले सामाजिक दुरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिइन् । अध्ययनले आफै व्यक्तिगत एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताइन् । त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सबैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाइलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दाबी छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया