Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको आकासा एयरले बोइङका डेढ सय विमान किन्ने

भारतको आकासा एयरले बोइङका डेढ सय विमान किन्ने


नयाँदिल्ली । भारतको नयाँ वायुसेवा कम्पनी आकासा एयरले बिहीबार एक सय ५० वटा ‘बोइङ ७३७ म्याक्स’ विमान किन्न माग गरेको जनाएको छ ।

गतवर्ष जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपत्कालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ‘७३७ म्याक्स ९’ जेटविमानका कारण कम्पनीको विश्वव्यापीरूपमा चर्को आलोचना छ ।

आकासा एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ‘७३७ म्याक्स १०’ र ‘७३७ म्याक्स ८–२००’ जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए ।

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकासा बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकासा एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।

यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् । देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया