कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजारभन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित
काठमाडौं, जेठ २०
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार १९५ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४० हजार १११ को मृत्यु भएको छ । युरोपमा २० लाख २९ हजार १८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७३ हजार ९०३ को मृत्यु भएको छ । एसियामा ११ लाख ४१ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३० हजार ८५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ४८ हजार ९६४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २४५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया