Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास


नयाँ दिल्ली, जेठ २१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताएका छन् । उनले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गरेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको यहाँको अवस्था पहिलेको अवस्थामा आउने उनले बताएका हुन् । उनले मंगलबार भनेका छन्, ‘मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापनमा गर्न सक्ने कामका बारेमा थाहा छ त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौँ ।’

भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्वान्हरुको क्षमताका बारेमा मलाई थाहा छ त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ– प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भनेका छन् । उनले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बताए ।

कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औँ वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् । उनले देशमा कारोना भाइरसको समस्या भएका बेलामा हालैका दिनमा धेरै क्षेत्रमा अनलाइन कार्यक्रमहरु भइरहेको बताए । जस्तै अप्ठ्यारो परिस्थितिमा पनि त्यसको समाधानको बाटो खोज्नु नै मानिसको क्षमता हो भन्दै अनलाइनका माध्यमबाट देशमा धेरै कामहरु भइरहेकोले त्यस कार्यको प्रशंसा गरे । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया